काठमाडौंमा बुधबार दिउँसो पानी परेको छ।
लामो समयदेखि ‘खडेरी’ परेको थियो भने प्रदूषण पनि बढ्दो थियो।
पानी परेपछि प्रदूषण कम हुने अनुमान छ।
काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। साँखु, पेप्सीकोला लगायत क्षेत्रमा उल्लेख्य वर्षा भएको हो।
काठमाडौंको मध्य क्षेत्रमा भने हल्का मात्रै वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि पूर्ण बदली भई हल्का वर्षा भएको हो।
पछिल्लो एक घन्टामा काठमाडौंको साँखुमा ८.४, मकवानपुरको मार्खुमा ११.४, मकवानपुरकै चिसापानी गढीमा ५.४, दामनको ३.२ मिलिमिटर वर्षा भएको थियो।
खोटाङको ऐँसेलु खर्कमा ७.४ मिलिमिटर वर्षा भएको छ।
लामो समय पानी नपरेकाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको वायु मण्डलमा धुवाँ, धुलो भरिएको थियो। हावा विषाक्त बनेको थियो।
काठमाडौंसहित देशका विभिन्न भागमा परेको पानीले वायु प्रदूषणबाट पनि राहत मिल्ने मौसमविद्हरूले बताएका छन्।
तस्बिरहरू:
-ink-1744194268.jpeg)
-ink-1744194268.jpeg)
-ink-1744194242.jpeg)
-ink-1744194238.jpeg)
-ink-1744194238.jpeg)
-ink-1744194237.jpeg)
-ink-1744194237.jpeg)
-ink-1744194237.jpeg)
-ink-1744194237.jpeg)
-ink-1744194233.jpeg)
-ink-1744194233.jpeg)
-ink-1744194232.jpeg)
-ink-1744194232.jpeg)
-ink-1744194230.jpeg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी।