शिक्षकहरुको प्रदर्शनले बानेश्वर-माइतीघर क्षेत्रमा सवारी आवागमन प्रभावित बनेको छ।
बिहीबार माइतीघर क्षेत्रबाट बानेश्वरतर्फ अगाडि बढेका शिक्षकहरूले तीन वटै लेनमा प्रदर्शन गर्न खोजेपछि प्रहरी र शिक्षहरूबीच धकेलाधकेल भएको थियो।
सडकको तीन वटै लेनमा प्रदर्शन भएपछि त्यो क्षेत्रमा सवारी साधनको आवागमन प्रभावित भएको हो।
त्यसो हुँदा बानेश्वरतर्फबाट माइतीघरतर्फ आउने सवारी साधनहरूलाई थापा गाउँ हुँदै माइतीघर निस्कने सडक भएर चलेका छन्।
त्यस्तै मुख्य सडक प्रभावित हुँदा बागमती करिडोरमा सवारी साधनको चाप देखिएको छ।
शिक्षकहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्।
उनीहरूलाई सरकारले पटकपटक वार्तामा बोलाएको छ तर आन्दोलनको नेतृत्वक गरेको शिक्षक महासंघले वार्तामा बस्न अस्वीकार गर्दै आएको छ।
महासंघले वार्ता यसअघि नै २०८० को असोजमा भइसकेकाले त्यतिबेला सरकारसँग भएको सहमति कार्यान्वयन गर्नुपर्ने माग राख्दै माइतीघरकेन्द्रित प्रदर्शन गर्दै आएको छ।
तस्बिरहरूः
-ink-1744276648.jpeg)
-ink-1744276650.jpeg)
-ink-1744276647.jpeg)
-ink-1744276647.jpeg)
-ink-1744276645.jpeg)
-ink-1744276643.jpeg)
-ink-1744276641.jpeg)
-ink-1744276641.jpeg)
-ink-1744276641.jpeg)
-ink-1744276642.jpeg)
-ink-1744276645.jpeg)
-ink-1744276648.jpeg)
-ink-1744276650.jpeg)
-ink-1744276651.jpeg)