पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा बुधबार दिउँसो तरकारी बोक्ने जिप र स्कुटर ठोक्किएका छन्। दुर्घटनामा परेर स्कुटर चालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–३ का २० वर्षीय रूपेश गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
आँबुखैरेनीबाट मुग्लिनतर्फ जाँदै गरेको ना ४ च ८३९० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको ग १६ प १५७० नम्बरको स्कुटर ठोक्किएका हुन्।
घाइते रूपेशको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
दुर्घटनामा स्कुटरमा सवार आँबुखैरेनी गाउँपालिका–३ का १९ वर्षीय रोहन मगर घाइते भएका छन्। चितवन मेडिकल कलेजमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।