कपिलवस्तुमा लागुऔषध ब्राउन सुगरसहित दुई युवक पक्राउ परेका छन्।
मायादेवी गाउँपालिका–३ खैराटीका २८ वर्षीय विनोद कुमार पाण्डे र मायादेवी–८ नन्दनगरका ३५ वर्षीय श्यामसुन्दर यादव पक्राउ परेका हुन्।
मोटरसाइकल चालक पाण्डेको शरीर खानतलासी गर्दा उनले लुकाइछिपाइ राखेको अवस्थामा १८८ ग्राम ९५ मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार उनीहरू मायादेवी गाउँपालिका –१ बर्रोहियाबाट पक्राउ परेका थिए।
गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र इलाका प्रहरी कार्यालय पकडी कपिलवस्तुबाट खटिएको संयुक्त प्रहरी टोलीले फूलिकादेखि बर्रोहियातर्फ आउँदै गरेको लु ९५ प ६०८० नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ब्राउन सुगरसहित उनीहरू पक्राउ परेका थिए।
उनीहरू जेठ २९ गेत बेलुकी ५ बजेतिर पक्राउ परेका थिए।
जिल्ला अदालतले शुक्रबार उनीहरूलाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।