भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्।
चाँगुनारायण नगरपालिका-४ चाँगु खोरिया गणेशस्थान मन्दिर नजिकै धान खेतमा एक पुरूष मृत भेटिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए।
खोटाङ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-६ घर भएका ५५ वर्षीय काशीनाथ गेलाल सोमबार मृत फेला परेका हुन्।
उनी दुई दिनदेखि घर परिवारको सम्पर्कमा थिएनन्। उनी काठमाडौंको खुलालटारमा डेरा गरी बस्थे।
बेलाबेलामा सम्पर्कविहीन हुने गरेका उनी दुई दिनअघि पनि घरबाट हिँडेका थिए।
सोमबार भने धान खेतमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको हो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद देखिएको छैन।