बैंकिङ कसुर मुद्दामा फरार रहेका ८४ वर्षीय वृद्ध पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले १२ वटा बैंकिङ कसुर मुद्दामा फरार रहेका ८४ वर्षीय वृद्धलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-११ थापाथली पञ्चायन मार्ग बस्ने नुतनानन्द वैद्य छन्।
उनीविरूद्ध १२ वटा मुद्दाको ९ लाख ६५ हजार रुपैयाँ बिगो बाँकी छ। सबै मुद्दा २०७१ मंसिर २१ गतेको हो।
फरार रहेका उनलाई काठमाडौं जिल्ला अदालतमा बुझाइने एसपी बोहराले बताए।