काठमाडौं नागर्जुन नगरपालिका वडा नम्बर ३ स्थित बाफलमा आगलागी भएको छ।
आइतबार बिहान बाफलस्थित राजेन्द्र उदासले सञ्चालन गरेको मेडल तथा स्टिकर गोदाममा विद्युत् सर्ट भइ आगो लागेको सशस्त्र प्रहरीका सहायक प्रवक्तमा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार बालाजु दकमल, जुद्द बारुण यन्त्रको दमकल प्रयोग गरी डेढ घन्टामा नियन्त्रणमा लिइएको हो।
आगोलागी नियन्त्रणमा लिन सशस्त्र प्रहरी बल नम्बर १८ निलबाराही गणबाट टोली खटिएको थियो।