बर्दियामा १६ वर्षीया किशोरीमाथि बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्।
बारबर्दिया नगरपालिका-१० बैदी डेरा गरीबस्ने सोही नगरपालिका-८ थानफेना घर भएका १९ वर्यीय बसन्त बिसी पक्राउ परेका हुन्।
उनलाई इलाका प्रहरी कार्यालय जयनगरबाट खटिएको टोलीले शनिवार दिउँसो पक्राउ गरेको हो।
उनले १६ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।