कैलालीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका– १२ सी गाँउका ८ वर्षीय शिद्धार्थ श्रेष्ठको डुबेर मृत्यु भएको छ।
घर नजिकै रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा डुवेका बालकलाई सेती प्रादेशिक अस्पताल धनगढी अस्पताल पुर्याउँदा चिकित्कसले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजकुमार सिंहका अनुसार प्रहरीलाई बालक डुबेको बारे राति सवा ९ बजे मात्रै खबर भएको थियो ।
बालकको शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।