मधेसमा घडेरीका कारण यसपालि पिउने पानीदेखि सिँचाइसम्म प्रभावित भएको छ।
वर्षा नहुँदा खेत रोपाइँ हुन सकेको छैन भने कतिपय गाउँहरूमा खानेपानीको हाहाकार देखिएको छ।
पर्साको वीरगञ्ज महानगरपालिकाको ३२ वटै वडामा खानेपानी समस्या छ। वडा नम्बर १९ विन्दवासिनी र २४ राम गडुवामा झन् ठूलो समस्या छ- खानेपानीको।
खानेपानी समस्या समाधानका लागि मधेस प्रदेश सरकार, नेपाली सेना, स्थानीय जनप्रतिनिधि र खानेपानी संस्थान मिलेर पानी वितरण गरिरहेका छन्।
नेपाली सेनाको मध्यपूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साँझ ६ बजे) पानी वितरण गर्ने गरेको छ।
६ वटा दमकलबाट दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले जानकारी दिए।
गाउँमा रहेका चापाकल, इनार र कुवा सुकेको छ।
तस्बिरहरू:
-1753612194.jpg)
-1753612195.jpg)
-1753612190.jpg)
-1753612190.jpg)
-1753612188.jpg)
-1753612188.jpg)
-1753612187.jpg)
-1753612187.jpg)
-1753612185.jpg)
-1753612185.jpg)
-1753612183.jpg)
-1753612184.jpg)
-1753612183.jpg)
-1753612182.jpg)
-1753612181.jpg)
-1753612181.jpg)
-1753612180.jpg)
-1753612179.jpg)
-1753612179.jpg)
-1753612179.jpg)
-1753612179.jpg)
तस्बिर: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी।