पूर्वी नवलपरासीमा एक शिशुको शव फेला परेको छ।
आइतबार अपराह्न पौने ४ बजे देवचुली नगरपालिका-१ देवी गैरसामुदायिक वन नजिकैको सडकमा शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
सालनालसहितको बच्चाको शव फेला परेको हो।
शव तन्नामा पोको पारिएको अवस्थामा राखिएको थियो।
प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।