सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल अवकाशमा गएका छन्।
आइतबारदेखि उनी ५८ वर्षे उमेर हदका कारण अवकाशमा गएको प्रवक्ता अच्युत कुईकेलले जानकारी दिए।
उनी २०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका थिए।
सर्वोच्चमा एक कार्यक्रम आयोजना गरी मुख्य रजिष्ट्रार ढकाललाई बिदाइ गरिएको थियो।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित अन्य न्यायाधीश तथा कर्मचारीहरूले ढकाललाई बिदाइ गरेका थिए।
यसअघि मुख्य रजिष्ट्रार भएकाहरूलाई न्यायाधीश नियुक्ति गरिएको थियो।
उनलाई पनि न्यायाधीशमा नियुक्ति दिनुपर्ने भन्दै लबिइङ समेत भएको थियो।
प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुँइकेल अध्यक्ष रहेको न्यायपालिका अधिकृत समाजले ढकाललाई न्यायाधीश बनाउन प्रधानन्यायाधीश राउतसहितलाई ध्यानाकर्षण गरेको थियो।