न्याय सेवा आयोगले दुई जना महिला सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको छ।
सोमबार बसेको न्याय सेवा आयोगको बैठकले दुई जना महिला सहसचिवलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यलय दरबन्दी भएर सत्य निरूपण तथा मेलमिलाप आयोगमा रहेकी निर्मला अधिकारी भट्टराईलाई बढुवा सिफारिस गरेको हो।
त्यस्तै निर्वाचन आयोगमा रहेकी सहसचिव इन्दिरा दहाल भट्टराईलाई सचिवमा बढुवा गर्न सिफारिस गरेको हो।
आयोगले सोमबार नै सर्वोच्च अदालतका मुख्य रजिस्ट्रारमा विमल पौडेललाई बढुवा सिफारिस गरेको छ।
मुख्य रजिस्ट्रार देवेन्द्र ढकाल आइतबारदेखि अवकाशमा गएका थिए।