नेपाल प्रहरीका दुई दुई अधिकारीलाई बढुवा गर्न सिफारिस गरिएको छ।
बुधबार बसेको बढुवा समितिको बैठकले प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब उपरीक्षक (डिएसपी)मा बढुवा गर्न दुई जना प्रहरी अधिकारीलाई सिफारिस गरेको हो।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान अन्वेषण तथा योजना शाखा महाराजगंजमा कार्यरत डिएसपी वीरेन्द्र थापालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ।
त्यस्तै इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत इन्स्पेक्टर राजु अधिकारीलाई डिएसपीमा बढुवा गर्न सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन् ।