काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा आज गाईजात्रा मनाइँदै छ।
प्रत्येक भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन गाईजात्रा मनाइन्छ।
काठमाडौंमा यो जात्रा विशेष महत्त्वका साथ मनाइन्छ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ।
काठमाडौंको बसन्तपुरमा आइतबार बिहानै मौलिक बाजागाजासहित गाई निकालिएको छ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद (राजदरबार) भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य छ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति पाइन्छ।
देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रौनक देखिने गर्छ।
हेर्नुस् तस्बिरहरूः
-ink-1754799893.jpeg)
-ink-1754799893.jpeg)
-ink-1754799893.jpeg)
-ink-1754799894.jpeg)
-ink-1754799894.jpeg)
-ink-1754799895.jpeg)
-ink-1754799895.jpeg)
-ink-1754799896.jpeg)
-ink-1754799896.jpeg)
-ink-1754799897.jpeg)
-ink-1754799897.jpeg)
-ink-1754799897.jpeg)
-ink-1754799897.jpeg)
-ink-1754799898.jpeg)
-ink-1754799898.jpeg)
-ink-1754799898.jpeg)
-ink-1754799898.jpeg)
-ink-1754799899.jpeg)