काठमाडौंमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
बूढानीलकण्ठ नगरपालिका-३ चपली चोकमा बागमती प्रदेश ०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल दुर्घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका बूढानीलकण्ठको भंगाल बस्ने २८ वर्षीय कवी गुरूङको उपचारको क्रममा मृत्यु भएको हो।
एसपी बोहराका अनुसार मंगलबार राति साढे ९ बजे मोटरसाइकल देउवा चोकबाट चपली तर्फ जाँदै थियो। त्यसक्रममा अनियन्त्रित भएर सडक छेउमा ठोक्किएर फेरि ट्याक्सीको लुकिङ ग्लासमा ठोक्किएको थियो।
बा २ ज ४९११ नम्बरको ट्याक्सी पनि चपलीतर्फ गइरहँदा दुर्घटना भएको हो।
घाइते भएका कविलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। मध्यराति १ बजेतिर ह्याम्स अस्पतालमा रिफर गरिएको प्रहरीले जानएको छ।
त्यहाँ उपचारको क्रममा बुधबार बिहान ६ बजेतिर चिकित्सकले मृत घोषणा गरेको एसपी बोहराले बताए।
प्रहरीले ट्याक्सी चालक र ट्याक्सीलाई नियन्त्रणमा लिएको छ।