काठमाडौं हजारौं वर्ष पुरानो इतिहास बोकेको सहर हो। यहाँका दरबार, मठ–मन्दिर र साँघुरा गल्लीहरू सहरका आत्मा हुन्।
तर काठमाडौं सहरको आत्मा दिन–प्रतिदिन कंक्रिटको भीडमा दबिँदै गएको छ।
अलिकति छेउबाट नियाल्ने हो भने निकै उकुसमुकुस छ यो सहर। अग्लिँदै गरेका भवन, अग्लिँदै गरेका आकांक्षा।
त्यो होडबाजीमा गुम्दै छ — सहरको खुला आँगन, सहरको हरियाली। बालबालिका खेल्ने मैदान, स्वच्छ सास फेर्ने हावा।
यहाँ अब खाली जमिन र हरियाली थोरै मात्र बाँकी छन्। घरको छत र त्यही छतमा राखिएका रंगीबिरंगी ट्यांकी कतै चित्रकारले कोरेका चित्रझैं देखिन्छन्, कतै बिग्रिएको क्यानभासझैं। धेरै भवनहरू त अझै अग्लिएर आकाश छुन अघि बढिरहेझैं लाग्छन्।
यो त भयो अग्लिँदै गरेका संरचनाको कुरा। तर सहर इँटा र सिमेन्टका संरचनाले मात्र बन्दैन। हाडछालाका मान्छेको रगत र पसिना पनि बगेको हुन्छ। सँगसँगै, तिनै मान्छेहरूको सपना र संघर्षको कथाले भरिएको हुन्छ।
यहाँ प्रत्येक घरले अनेक कथा बोकेको छ। कोही गाउँबाट आएर आँगन बनाउन खोजिरहेका छन्। कोही विदेशको कमाइले सपना ठड्याइरहेका छन्।
अनि, कोही यही सहरमा जन्मेर पनि आफ्नै सहरबाट पराई भइरहेका छन्। सहरको उकुसमुकुसबीच आफैलाई जोगाउन खोजिरहेका छन्।
हेर्नुहोस्, लाखौं मानिसको बसाइ र लाखौंको सपना बोकेर अग्लिँदै गएको काठमाडौं सहरका केही तस्बिरहरू —

-1756395704.jpg)
-1756395709.jpg)
-1756395708.jpg)
-1756395709.jpg)
-1756395708.jpg)
-1756395708.jpg)
-1756395708.jpg)
-1756395707.jpg)
-1756395707.jpg)
-1756395707.jpg)
-1756395706.jpg)
-1756395706.jpg)
-1756395706.jpg)
-1756395705.jpg)
-1756395705.jpg)
-1756395705.jpg)
-1756395705.jpg)
-1756395704.jpg)