बारामा आइतबार मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, बाराका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा रौटहतको गुजरा नगरपालिका–७ परसवा बस्ने अन्दाजी २५ वर्षीय रोशन चौधरी र सप्तरी बसवलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय महेश पण्डित छन्।
आइतबार दिउँसो जितपुर सिमरा उपमहानगरपालिका–२ पानीट्यांकी नजिकै सिमरादेखि पथलैयातर्फ जाँदै गरेको बा ९० प ६७९४ नम्बरको र विपरीत दिशाबाट आउँदै गरेको बा प्र ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।
बा ९० प ६७९४ नम्बरको मोटरसाइकलका चालक रोशन थिए। त्यसको पछाडि रौतहट परासवा निवासी ३४ वर्षीय भूपेन्द्र चौधरी थिए। घाइते भूपेन्द्रको स्थानीय एक अस्पतालमा उपचार भइरहेको छ।
रोशनको प्रादेशिक अस्पताल कलैयामा र महेशको एल एस न्यूरो अस्पताल परवानीपुरमा उपचार क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।