सुर्खेतमा एक जना स्थानीयले जंगली बँदेलका लागि थापेको पासोमा चितुवा परेको छ।
जिल्लाको लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा बदेललाई थापेको पासोमा चितुवा परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
त्यो खबरका आधारमा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी नायब निरीक्षक मनिष गुरूङको कमाण्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
बिहान ११ बजेपछि बँदेलका लागि थापिएको पासोमा चितुवा परेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए।
प्रहरीले पासोमा फसेको चितुवाको उद्धारको लागि वनसँग समन्वय भइरहेको जानकारी दिएको छ।
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ। -सम्पादक