मुग्लिन–नारायणगढ सडक खण्डको नाम्सी पुलको फलामे रेलिङ चोरी भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
उक्त स्थानमा सम्भावित दुर्घटना न्यूनीकरण गर्न लगाइएको फलामे बार आइतबार राति चोरी भएको पाइएको भरतपुर सडक डिभिजनले बताएको हो।
‘भदौ १५ गते राति केही अज्ञात समूहले नाम्सी पुलको फलामे रेलिङ चोरी गरी लगेको जानकारी सोमबार बिहान इन्जिनियरको टोली साइट सुपरभिजनबाट प्राप्त भयो,’ सडक डिभिजनले भनेको छ, ‘त्यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय चितवनलाई पनि पत्राचार मार्फत जानकारी गराइसकिएको छ।’
उक्त स्थानमा सम्भावित दुर्घटना नहोस् भन्ने उद्देश्यले र रातको समयमा पनि देखिन सक्ने गरी फलामको पाइपहरू वल्डिङ गरिसकिएको सडक डिभिजनले जानकारी दिएको छ।