दुई दिनदेखि सम्पर्कविहीन रहेका दुई युवकको शव आज फेला परेको छ।
सदरमुकामबाट आफ्नो घर ठाडेगाउँतर्फ जाने क्रममा दुई युवा सम्पर्कविहीन भएका थिए।
प्लेङजुङ खोलाको बाढीमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख हेमबहादुर शाहीका अनुसार गोसाइकुण्ड गाउँपालिका– ६ ठाडेका २३ वर्षीय दावाढिण्डुप तामाङ र सुदीप घलेको मृत्यु भएको हो।
गत आइतबार मोटरसाइकलमा घरतर्फ गइरहेका उनीहरू घर नपुगेपछि खोजी थालिएको थियो।
शव भेटिए पनि उनीहरू सवार मोटरसाइकल भेटिएको छैन। यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।