न्याय सेवा आयोगले ३० जना कर्मचारीको सरूवा गरेको छ।
बुधबार न्याय सेवा आयोगको बैठकले कर्मचारीहरूको सरूवा गरेको हो।
न्याय समूहका आठ जना सहसचिव, सरकारी वकिलतर्फ ९ जना, न्याय सेवाका एक जना उपसचिव, सरकारी वकिलतर्फ १२ जना उपसचिव सरहका कर्मचारीको सरूवा गरेको हो।
विशेष अदालतमा रजिस्ट्रार रहेका जितेन्द्रबाबु थपलियालाई न्याय परिषदको सचिवालयमा सरूवा गरिएको छ।
उच्च अदालत पाटनमा रजिस्ट्रार रहेका श्रीलाल पौडेललाई सर्वोच्च अदालतमा काज खटाइएको छ।
सर्वोच्चमा रहेका वेदप्रसाद उप्रेतीलाई विशेष अदालतमा पठाइएको छ।
त्यस्तै न्याय परिषद सचिवालयमा रहेका अशोककुमार क्षेत्रीलाई उच्च अदालत पाटनको रजिस्ट्रारको रूपमा पठाइएको छ।
हेर्नुस् सरूवा हुनेको सूचीः