राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि बुधबार राति करिब ८ बजेतिर आक्रमण भएको छ।
कपनस्थित कार्यालयबाट प्रगतिनगरमा रहेको घरतर्फ जाँदै गर्दा भण्डारीमाथि आक्रमण भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य दीपक बोहराले जानकारी दिए।
बोहराले सामाजिक सञ्जाल फेसबुक लाइभ मार्फत् दिएको जानकारीअनुसार मोटरसाइकलमा आएका तीन जना अज्ञात व्यक्तिहरूले भण्डारीमाथि रड प्रहार गरेका थिए।
भण्डारीमाथि टाउको र खुट्टामा रड प्रहार भएको र टाउकोमा गहिरो चोट लागेको थियो। उनलाई बुधबार राति नै चुच्चेपाटीमा रहेको स्तुपा सामुदायिक अस्पताल पुर्याइएको र टाउकोमा १० वटा टाँका लगाउनुपरेको बोहराले बताए।
घटना र शंकास्पद व्यक्तिबारे प्रहरीलाई जानकारी गराइएको पनि बोहराले बताएका छन्।