आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ।
वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।
हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ आठ दिनसम्म मनाइन्छ।
इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ।
काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायत स्थानमा धुमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।
भदौ २१ गते शनिबार इन्द्रजात्राको मुख्य दिन हो।
उक्त दिन राष्ट्र प्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ।
सरकारले उक्त दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।
तस्बिरहरू:
-1756969624.jpg)
-1756969621.jpg)
-1756969622.jpg)
-1756969623.jpg)
-1756969622.jpg)
-1756969623.jpg)
-1756969623.jpg)
-1756969621.jpg)
-1756969620.jpg)
-1756969620.jpg)
-1756969621.jpg)
-1756969619.jpg)
-1756969620.jpg)
-1756969619.jpg)
-1756969619.jpg)
सबै तस्बिर: नेपाल फोटो लाइब्रेरी