काठमाडौं चुच्चेपाटीस्थित भाटभटेनीमा लागेको आगो चार दिनसम्म पनि नियन्त्रणमा आएको छैन। प्रदर्शनकारीहरूले मंगलबार चुच्चेपाटीमा रहेको आउटलेटमा आगो लगाएका थिए। प्रदर्शनकारीहरूले सुरूमा तोडफोड गर्न थालेका थिए। एक्कासि तोडफोड हुन थालेपछि त्यहाँ रहेका कामदारहरूले भागेर ज्यान जोगाएका थिए।
कामदारहरू निस्किएपछि प्रदर्शनकारीले भित्रै पसेर लुटपाट र आगजनी सुरू गरेका थिए। अहिले भाटभटेनीको अन्तिम तलामा आगो लागिरहेको छ भने नेपाली सेनाको अग्नि नियन्त्रण टोलीले निभाउने प्रयास पनि गरिरहेको छ। नेपाली सेनाले बुधबारबाटै निभाउने प्रयास गरे पनि खाद्यान्न, लत्ताकपडा, घरायसी सामग्रीको ठूलो भण्डारण रहेको भाटभटेनीको आगो नियन्त्रणमा आएको छैन। शुक्रबार बिहान पनि त्यहाँ दुइटा दमकल र केही पानी ट्यांकर तैनाथ गरिएको छ।
मंगलबार राति पुछारको तलामा रहेको प्रज्ज्वलनशील वस्तुहरू विस्फोट हुँदै आगाको लप्का निस्कन थालेपछि स्थानीय त्रसित बनेका थिए।
दौ २४ गते, मंगलबार आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटका २८ मध्ये २१ वटा शाखामा क्षति भएको छ। भाटभटेनीका प्रतिनिधि पानु पौडेलका अनुसार यी शाखाहरूमा प्रदर्शनकारीले चोरी, तोडफोड र आगजनी गरेका छन्।
१२ वटा शाखामा लुटपाटपछि आगो झोसिएको हो भने ९ वटामा तोडफोड र लुटपाट गरिएको छ।
देशभर छरिएका सात वटा शाखामा मात्र कुनै क्षति पुगेको छैन।
क्षति भएका भाटभटेनीका कर्मचारीहरू बिहीबारबाट सरसफाइमा जुटेका छन्।
'पूरै ध्वस्त छ... आजदेखि हामी सरसफाइमा लागेका छौं, फेरि सम्हाल्ने प्रयास गर्दैछौं,’ सफाइमा जुटेका एक कर्मचारीले भने।
यसअघि २०८१ चैत १५ मा दुर्गा प्रसाईंले नेतृत्व गरेको आन्दोलनमा पनि कोटेश्वरको भाटभटेनीमा तोडफोड र चोरी भएको थियो। त्यो बेला भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो र सबै कर्मचारीको मन दुखेको बताएका थिए।
त्यो बेलाको भएको ८० लाख रूपैयाँको क्षति नै ठूलो थियो। तर अहिलेको क्षति अकल्पनीय भएको र व्यवसायीको मनोबलमाथि नै निर्मम प्रहार भएको कर्मचारीहरूले बताएका छन्।
कुन शाखामा कस्तो क्षति
कुनै प्रकारको क्षति नभएका शाखा
|
चोरी डकैतीपछि आगलागीको शाखा
|
चोरी डकैती तथा तोडफोड भएको शाखा
|
टोखा
|
महाराजगञ्ज
|
कलंकी
|
सातदोबाटो
|
बौद्ध
|
ठिमी
|
अनामनगर
|
कोटेश्वर
|
बालाजु
|
सानो गाउँ
|
बालुवाटार वयरहाउस
|
जनकपुर
|
वल्ड ट्रेडसेन्टर
|
पोखरा
|
बुटवल
|
पाटन
|
चितवन
|
वीरगंज
|
नेपालगञ्ज
|
हेटौंडा
|
धनगडी
|
|
विर्तामोड
|
इटहरी
|
|
दमक
|
भैरहवा
|
|
विराटनगर
|
|
|
धरान
|
|
भाटभटेनीका अनुसार उसले वार्षिक ३१ अर्ब रूपैयाँभन्दा बढीको व्यापार गरेर नाफा कमाइरहेको छ। तर त्यो नाफाको ठूलो हिस्सा सामाजिक उत्तरदायित्वमा खर्च गरिरहेको छ।
भाटभटेनी मात्रै होइन यसपालि आन्दोलनमा, धेरै रोजगारी दिने, ठूलो कारोबार गर्ने अधिकांश व्यावसायिक घराना निशानामा परेका छन्। चौधरी ग्रुप, आइएमई ग्रुप, गोल्छा ग्रुप, शंकर ग्रुप, बहुराष्ट्रिय कम्पनी सबैमा तोडफोड गरिनुका साथै धेरैमा आगो झोसिएको छ।