चितवनमा जेन-जी आन्दोलनको क्रममा घाइते भएका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ।
भदौ २४ गते भरतपुर महानगरपालिकाका उपमेयर चित्रशेन अधिकारीको भरतपुर-२१ स्थित घर जलाउने क्रममा ग्याँस सिलिण्डर पड्किएर १९ वर्षीय सरोज गुरुङ घाइते भएका थिए।
भरतपुर-२१ बस्ने गुरुङको उपचारको क्रममा शुक्रबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रवीन्द्र खनालले जानकारी दिए।
टाउको, छाती र पेटमा चोट लागेका गुरुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार हुँदै थियो। प्रदर्शनकारीले उपमेयरको घर जलाइदिएका थिए।