अदालतहरूबाट लुटपाट गरिएका सामान फिर्ता गर्न सर्वोच्च अदालतले अनुरोध गरेको छ।
शुक्रबार एक सूचना जारी गर्दै उसले सर्वोच्चसहित देशका विभिन्न अदालत परिसरबाट चोरी तथा लुटपाट भएका सामानहरू भेटेमा बुझाउन अनुरोध गरेको हो।
कसैल़े चोरी गरेको भए सोको सूचना आफूहरूलाई दिन पनि अनुरोध गरिएको छ।
यस्ता सूचना दिनेको पहिचान गोप्य राखिने सर्वोच्चले जनाएको छ।
यसका निम्ति शाखा अधिकृत जोवन काफ्लेलाई ९८५६०११४८२, नासु टेकप्रसाद गौडेललाई ९८४७६२२९५३ र विशाख खडकीलाई ९८४९१५७०४८ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।
