खोटाङमा २५ वर्षीया युवतीको बलात्कारपछि हत्या भएको खुलेको छ।
मंगलबार राति मृत भेटिएकी दिप्रङ चुइचुम्मा गाउँपालिका-४ दिनुवामा बस्ने रेश्मिका परियारको बलात्कारपछि हत्या भएको खुलेको हो।
उनी मंगलबार पालिकाभित्र पञ्चमी बजारको अजम्बरी साना किसान कृषि सहकारी लिमिटेडमा काममा गएकी थिइन्।
साँझसम्म घर नफर्किएपछि खोजतलास क्रममा राति साढे १२ बजे सोही पालिकाको मुसुरी ह्याकुलेस्थित जंगलमा भेटिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सुशान्त मिश्रले जानकारी दिए।
'प्रारम्भिक अनुसन्धानमा बलात्कारपछि हत्या भएको देखिएको छ,' उनले भने, 'उनको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा पठाइएको छ थप खुल्नेछ।'
घटनाबारे अनुसन्धान गरिरहँदा १८ वर्षमुनिको एक किशोरलाई बुधबार नियन्त्रणमा लिइएको छ। उनी बालक भएकाले उनको परिचय र ठेगाना गोप्य राखिएको छ।
ती बालक कतै भागेका थिएनन्। घटना अनुसन्धान गर्दैजाँदा सोधपुछका लागि नियन्त्रणमा लिइएको इन्स्पेक्टर मिश्रले जानकारी दिए।