काठमाडौं उपत्यकाका नदीहरू एकीकृत भएर निस्कने चोभार र गल्छी क्षेत्रको अवस्था निरीक्षण गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्री कुलमान घिसिङ र सहरी विकास सचिव गोपाल सिग्देलले चोभार–गल्छी क्षेत्र निरीक्षण गरेका हुन्।
मन्त्री घिसिङले धोवीखोला कोरिडोर, मनोहरा कोरिडोर, विष्णुमती कोरिडोर, बागमती नदी कोरिडोर लगायतका क्षेत्र अवलोकन गरी तिनको वरिपरिका बस्तीको अवस्थाबारे जानकारी लिए।
त्यस क्रममा उनले नदी किनारका बस्तीका बासिन्दालाई उच्च सतर्कता साथ सुरक्षित भएर बस्न आग्रह गरे।