बारामा मोटरसाइकल दुर्घटना हुँदा जनाको मृत्यु भएको छ।
जितपुरसिमरा उपमहानगरपालिका–१५ डुमरवानाको नयाँ बस्तीका २० वर्षीय साजन तमाङ र वडा नं १४ घर भएका २२ वर्षीय किरण तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए।
पूर्व-पश्चिम राजमार्गमा पथलैयाबाट निजगढतपर्फ जाँदै गरेको ना ३३ प ६८५७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई जितपुरसिमरा उपमहानगरपालिका-१ डुङ्ग्रे खोला पुलको रेलिङमा ठोक्किएको थियो।
दुर्घटनामा घाइते भएका दुवै जनालाई उपचारका लागि बाराकै नौतनस्थित एलएस न्युरो हस्पिटलमा लगिएको थियो।
उपचारको क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।