यमपञ्चकको दोस्रो दिन मंगलबार कुकुर तिहार कुकुरको पूजा गरी मनाइएको छ।
हिन्दु परम्परा अनुसार कात्तिक कृष्ण चर्तुदशीका दिन भैरवको बहान कुकुरको पूजा गर्ने गरिन्छ। मानिसको निकट साथीको रुपमा मानिने कुकुर आज्ञाकारी र रक्षक भएकाले यसको पूजा गर्ने प्रचलन रहेको छ।
यसैबीच कुकुर तिहारकै अवसरमा नेपाल प्रहरीले केन्द्रीय प्रहरी कुकुर तालिम केन्द्रका कुकुरको विशेष रूपमा पूजा गरिएको छ।
नेपाल प्रहरीले अपराध नियन्त्रण तथा अनुसन्धानका लागि प्रयोग गरेका तालिम प्राप्त कुकुरहरूको पूजा गरेको हो।
हरेक वर्ष कुकुर तिहारको दिन तालिम केन्द्रमा कुकुरलाई पूजा गरी उनीहरूलाई मनपर्ने खानेकुरा खुवाइन्छ।
-1760936761.jpg)
-1760936761.jpg)
-1760936761.jpg)
-1760936760.jpg)
-1760936760.jpg)
-1760936759.jpg)
-1760936759.jpg)
-1760936759.jpg)
-1760936759.jpg)
-1760936758.jpg)
-1760936758.jpg)
-1760936758.jpg)
-1760936758.jpg)