भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा सुन्धरा कारागारबाट भागेको कैदी पक्राउ परेका छन्।
भक्तपुर चाँगुनारायण नगरपालिका वडा-६ बेसिटोलबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २९ वर्षीय निरज तामाङ रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
तामाङ कास्की पोखरा महानगरपालिका-१६ का हुन्। उनलाई बलात्कार मुद्दामा जिल्ला अदालत कास्कीबाट सुन्धरा कारागारमा पठाइएको थियो।