नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र युवकबीच भनाभन भएको छ।
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र एक जना युवकबीच भनाभन भएको ललितपुरका एसएसपी होविन्द्र बोगटीले जानकारी दिए।
‘त्यस्तो केही भएको होइन। खासमा सामान्य कुरा हो। कन्फ्युज भएर भनाभन भएको अवस्था जस्तो देखिन्छ। त्यस्तो हात हालाहाल दुर्व्यवहार भएको होइन। के रैछ फ्याक्ट कुरा पछि थाहा होला,’ उनले भने।
ती युवक अहिले सम्पर्कमा नभएको उनले बताए।
घटना सोमबार साँझ साढे ६ बजेतिर सातदोबाटोमा भएको हो।
घटनाबारे बुझ्ने काम भइरहेको ललितपुरका एसएसपी होविन्द्र बोगटीले बताए।