हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन।
जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भू भागमा मुख्यतया सफा रहने छ।
त्यस्तै कोशी र कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
विभागका अनुसार आज राति देशभरको मौसम मुख्यतया सफा रहने छ।
भोलि कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।