आज भाइटीकाको दिन दिदीबहिनी नहुनेहरूले काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा गएर टीका लगाएका छन्।
दिदीबहिनी नहुनेका लागि आजैका दिन बालगोपालेश्वर मन्दिर खोल्ने चलन छ।
तिहारको मुख्य दिन आज भाइटीका पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाउने गर्छन्। भाइटीकाको शुभ साइत ११:३९ बजे छ।


























