मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोलानजिकै पुनः ढुंगा खस्न थालेको छ। शुक्रबार बिहानैदेखि ढुंगा खस्दा दुईतर्फी नै सवारी आवागमन अवरुद्ध भएको भरतपुर सडक डिभिजनले जानकारी दिएको छ।
अहिले पनि ढुंगा खसिरहेकाले पहिरो पन्छाउन नसकिएको सडक डिभिजनले जानकारी दिएको छ।
‘ढुंगाहरू झर्ने क्रम रोकिएको खण्डमा मेसिनको प्रयोग गरी हटाउने कार्य सञ्चालन हुनेछ। वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई हार्दिक अनुरोध गरिन्छ,’ सडक सुपरभाइजर ईश्वर क्षेत्रीले सूचना जारी गर्दै भनेका छन्।