काठमाडौंको सतुंगल-गुर्जुधारा सडकमा सवारी साधनको लामो जाम देखिएको छ। 
शुक्रबार ११ बजेपछि उक्त सडक खण्डमा सवारी साधनको लामो जाम देखिएको हो। 
सतुंगलबाट कलंकीतर्फ आउने लेनमा सवारी साधन जाम भएको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेशराज सुवेदीका अनुसार ट्रक बिग्रिएर बीच सडकमा रोकिएका कारण त्यहाँ लामो जाम भएको हो। 
'ट्रक बिग्रिएका कारण जाम भएको रहेछ। त्यो बनाउन एक घन्टा जति लाग्न सक्छ। त्यसपछि सवारी आवागमन सामान्य बन्छ,' उनले भने। 
तस्बिरहरूः 
-ink-1761889269.jpeg)
-ink-1761889269.jpeg)
-ink-1761889268.jpeg)
-ink-1761889268.jpeg)
-ink-1761889267.jpeg)
-ink-1761889265.jpeg)
-ink-1761889265.jpeg)
-ink-1761889265.jpeg)
-ink-1761889265.jpeg)
-ink-1761889264.jpeg)
-ink-1761889264.jpeg)