हिमाली जिल्ला मुस्ताङको जोमसोमदेखि उपल्लो मुस्ताङ जाने सडक अवरूद्ध भएको छ।
जोमसोमबाट ४ किमीमाथि पाण्डा खोलामा शुक्रबार बिहानैदेखि पहिरो जानुका साथै सडक भासिएको र माथिबाट निरन्तर ढुंगा खसिरहेको प्रहरीले बताएको छ। 
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी इन्स्पेक्टर सन्तोष बस्यालले जोमसोमबाट कागबेनी, मुक्तिनाथ र उपल्लो मुस्ताङ जाने बाटो पहिरोले अवरूद्ध बनेको बताए।
डोजर प्रयोग गरेर शुक्रबार बिहान केहीबेर अत्यावश्यक सवारी साधन खुलाए पनि पहिरो जाने, सडक भासिने र माथिबाट ढुंगा खस्ने क्रम निरन्तर चलिरहेकाले सडक खुलाउन पनि समस्या भएको उनले बताए। 
विगत केही दिनदेखि परिरहेको वर्षाका कारण पहिरोले बाटो अवरूद्ध भएको उनले बताए।