आज हरिबोधिनी एकादशी।
हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी मनाइन्छ।
असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।
हरिशयनी एकादशीका दिन घर–घरमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिँगारी फूल मालाले सजाएर आज विवाह गरिन्छ।
तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको दामोदरसँग विवाह गर्ने परम्परा छ।
तुलसीको मठ नजिकै विष्णुको प्रतीकका रूपमा निगालाको लिङ्ग गाडेर विधिपूर्वक पूजा गरिन्छ ।
आजका दिन विशेष गरी काठमाडौं उपत्यकाको चाँगुनारायण, ईचाँगुनारायण, शेषनारायण, विसंखुनारायण र बुढानिलकण्ठमा मेला लाग्ने गर्दछ ।
झरीको बाबजुद पनि चाँगुनारायण मन्दिरमा श्रद्धालुहरूको भीड छ।
तस्बिरहरूः

-ink-1761969868.jpeg)
-ink-1761969868.jpeg)

-ink-1761969867.jpeg)
-ink-1761969867.jpeg)
-ink-1761969867.jpeg)
-ink-1761969866.jpeg)
-ink-1761969866.jpeg)
-ink-1761969866.jpeg)
-ink-1761969866.jpeg)
-ink-1761969865.jpeg)
-ink-1761969864.jpeg)
-ink-1761969864.jpeg)
-ink-1761969864.jpeg)
-ink-1761969864.jpeg)
सबै तस्बिरः नेपाल फोटो लाइब्रेरी।