नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता फेरिएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय महानिरीक्षकको सचिवालयका अनुसार केन्द्रीय प्रवक्ताको जिम्मेवारी अब प्रहरी नायब महानिरीक्षक (डिआइजी) अविनारायण काफ्लेलाई दिएको हो।
यसअघि केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे थिए।
प्रहरी प्रधान कार्यालयले संगठनद्वारा सम्पादित जनसरोकारका कामकारबाहीलाई सञ्चार माध्यममा सम्प्रेषण गर्न मंगलबार उनलाई प्रवक्ताको जिम्मेवारी दिएको महानिरीक्षकको सचिवालयले जनाएको छ।
प्रवक्ता काफ्ले प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन्।