अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृतसहित २ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
तत्कालीन कर अधिकृत तिलक आले र स्वामिनारायण निर्माण सेवा प्रालि धरानका प्रबन्ध निर्देशक सन्तोषकुमार बस्नेत विरूद्ध अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
२०७६/७७ मा सुन्दरहरैंचा नगरपालिका, मोरङ र स्वामिनारायण निर्माण सेवा प्रालि धरानबीच गछिया खोलामा नदीजन्य पदार्थ उत्खननको ठेक्काका लागि भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।
उनीहरूले १ करोड २३ लाख ६९ हजार ६४९ रूपैयाँ भ्रष्टाचार गरेको अख्तियारको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार उनीहरूलाई भ्रष्टाचार गरे बापतकै बिगो माग दाबी गरिएको छ।