भक्तपुरको यातायात व्यवस्था कार्यालयमा तोडफोड गरेको आरोपमा चार जना पक्राउ परेका छन्।
जेनजी आन्दोलनको क्रममा भक्तपुरको राधेराधेस्थित कार्यालय र मध्यपुर ठिमी नगरपालिका-२ मा रहेको प्रहरी प्रभाग सानोठिमीमा तोडफोड र आगजनी भएको थियो।
त्यस घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
दुवाकोटका ३३ वर्षीय किरण दुवाल, सानोठिमी बस्ने २३ वर्षीय सागर मगर, १९ वर्षीय हिमाल श्रेष्ठ र संजितकुमार ठाकुर पक्राउ परेका हुन्।
उनीहरूलाई प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले पक्राउ गरेको हो। प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।