प्रहरीले राहदानी बनाइदिन्छु भन्दै बिचौलियाको काम गर्ने दुई जनालाई पक्राउ गरेको छ।
सोमबार सर्लाहीका ३२ वर्षीय भाग्ग नारायण शाह, धादिङ ३६ वर्षीष वीरेन्द्र थापा मगर र सिन्धुपाल्चोकका ४३ वर्षीय मिक्टे लामालाई पक्राउ गरेको काठमाडौं उपत्यका उपराध हअनुसन्धान कार्यालयका प्रहरी उवरिक्षक काजीकुमार आचार्यले जानकारी दिए।
उनका अनुसार राहदानी विभाग त्रिपुरेश्वरको मुलगेट बाहिर सेवाग्राहीलाई राहदानी छिटोछरितो बनाइदिने भन्दै उनीहरूले विभिन्न प्रलोभन देखाइ अतिरिक्त रकम लिइ दुःख हैरानी दिने गरेका थिए।
उनीहरूले सेवाग्राहीलाई मात्रै नभई राहदानी विभागका कर्मचारीको कामकारबाहीमा समेत अवरोध पुर्याउने काम गरेको उनले बताए।
सोही आधारमा उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकाली पठाएको प्रहरीले जनाएको छ।