राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दैछ।
बिहीबार दिउँसो सुरक्षा परिषद् बैठक बस्न लागेको हो।
केन्द्रीय सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ
यसमा गृहमन्त्री,रक्षामन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, सरकारको मुख्य सचिव, प्रधानसेनापति, नेपाली सेना र रक्षा सचिव सदस्य रहने व्यवस्था छ।
बैठक सिंहदरबारमा अहिले साढे २ बजे बस्ने तय भएको स्रोतले बताएको छ।
बुधबार बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा ४ वटै सुरक्षा निकायहरूबाट सुरक्षा
चुनौतीबारे छलफल भएको थियो।
फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधि सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ तयार भएको र जिल्ला प्रशासन कार्यालयमा पठाई कार्यान्वयनको चरणमा रहेको ब्रिफिङ भएको थियो।
बैठकमा वर्तमान अवस्थालाई मध्यनजर गरी सबै सुरक्षा निकायहरूले आपसी समन्वयमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने छलफल भएको थियो।
केन्द्रीय सुरक्षा समितिमा गृहमन्त्री, गृहसचिव र चारवटै सुरक्षा निकाय; नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य रहनेछन्।