पूर्वी नवलपरासीमा बस दुर्घटना भएको छ।
मध्यबिन्दु नगरपालिका-८ खजुरी खोलानजिक पूर्व-पश्चिम राजमार्ग सडक खण्डमा शुक्रबार बिहान लु २ ख २८४५ नम्बरको बस दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बस नारायणघाटबाट बुटवल जाँदै थियो।
बसमा ३०/३५ जना सवार थिए।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा बस पल्टिएर सडकबाट अन्दाजी १०/१५ मिटर तल खाल्डोमा खसेको थियो।
दुर्घटनामा अन्दाजी २० यात्रु घाइते भएका छन्।
उनीहरुलाई उपचारका लागि पूर्वी नवलपरासीको डण्डा नगरपालिका स्थित मध्यबिन्दु प्रादेशिक अस्पताल पठाइएको छ।