दशवर्षीय सशस्त्र द्वन्द्वकालमा मृत्यु भएका ६० र बेपत्ता १९ जनाका परिवारलाई रु चार करोड २७ लाख ५० हजार वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका लेखा अधिकृत महेश सिग्देलले जानकारी दिए ।
उनका अनुसार पीडितका परिवारले रु पाँच /पाँच लाख पाएका छन् । मृतक तथा बेपत्ता भएका परिवारका सदस्यले रु १० लाख पाउनुपर्नेमा रु पाँच लाख यसअघि नै पाइसकेका थिए ।
त्यस्तै, द्वन्द्वकालमा मृत्यु भएका सेना र प्रहरीका ३९ जनाका परिवारले रु ५८ लाख ५० हजार पाएका छन् । उनीहरुका परिवारले यसअघि रु आठ लाख ५० हजार बुझिसकेकाले यस पटक बाँकी रु एक लाख ५० हजार पाएका छन् । यसरी नै हिरासत बसेका ६२ जनाले रु २५ हजारका दरले रु १५ लाख ५० हजार र विस्थापित २५ परिवारले रु २५ हजारका दरले रु छ लाख २५ हजार पाएको लेखा अधिकृत सिग्देलले बताए । रासस