कञ्चनपुर पुनर्वास नगरपालिका– ९ का २४ वर्षीय सुरज सार्की सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक दलराम टमटाले घर नजिकैको सडकको नालीमा सार्कीको शव भेटिएको छ । नाक र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको पनि प्रहरीले जनाएको छ ।
‘घटनाका सम्बन्धमा विस्तृत अनुसन्धान सुरू गरेका छौं,’ प्रहरी निरीक्षक टमटाले भने – ‘शवको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि अनुसन्धान थप सहज हुनेछ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । रासस