धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोक क्षेत्रबाट २३ किलोग्राम लागूऔषध चरेससहित प्रहरीले बुधबार एकजनालाई पक्राउ गरेको छ ।
विक्री गर्ने उद्देश्यले बोरामा चरेस राखेर लगिरहेको अवस्थामा बझाङको कडेल गाउँपालिका–५ शिवराज उपाध्यायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक पुष्कर चन्दले बताए।
उक्त घटनामा सोधपुछका लागि बझाङ खेपारीका १४ वर्षीय किशोर उर्मादत्त पन्तलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस