झापामा डेंगुका कारण थप एकजनाको मृत्यु भएको छ। झापा अर्जुनधारा ७ डाँडागाउँकी ३७ वर्षीया सुनिता बराल अधिकारीको डेंगुको कारण मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कार्यालयका महामारी रोग फोकल पर्सन कुलबहादुर पौडेलका अनुसार अत्याधिक ज्वरो आएपछि सुनितालाई कात्तिक ५ गते बिर्तामोडको विर्तासिटी अस्पतालमा भर्ना गरिएको थियो।
सुनिताको ज्वरो नघटेपछि थप उपचारका लागि विराटनगरको नोबेल अस्पताल रिफर गरेको थियो। सुनिताको मृत्युबारे जिल्ला जनस्वाथ्य कार्यालय झापाका माहामारी रोगका फोकल पर्सन पौडेलले डेंगुकै कारण सुनिताको मृत्यु भएको पुष्टी गरे। यसअघि २ जनाको झापामा डेंगुकै कारण मृत्यु भएको थियो।