फ्रेन्च लिग वान अन्तर्गत मार्सेलेविरूद्धको खेलमा घाइते भएर मैदान बाहिरिएका नेयमारको खुट्टाको शल्यक्रिया गरिने भएको छ। उनको खुट्टाको गोलिगाँठोमा चोट लागेको थियो।
चोटका कारण उनले च्यम्पियन्स लिगका आउँदा खेलहरू तथा लिग वानकै केही खेलहरू गुमाउने निश्चित छ।
यसैबीच नेयमारले सामाजिक सञ्जालमार्फत आफू चोटग्रस्त भएका बेला सुस्वास्थ्यको कामना गर्ने सबै फ्यानहरूप्रति आभार व्यक्त गरेका छन्। नेयमारका उपचारमा संलग्न डाक्टरहरूका अनुसार अब कम्तिमा पनि ६ हप्ताको लागि उनले आराम गर्नुपर्ने छ।